Monday, September 3, 2012

एस.आर.होम.सेकुरेटी सिस्टम आविष्कार

नेपालगंज १८ भदौ
             
               भेरी प्राविधिक शिक्षालय नेपालगंज डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ्ग दोस्रो वर्षमा अध्यनरत विद्यार्थी १८ वर्षिय सुमन पौडेलले र पहिलो बर्षमा अध्यनरत १७ वर्षिय राजेश भटराईले  एउटा अनौठो उपकरणको आविष्कार गरेका छन् । आइतबार भेरी प्राविधिक शिक्षालयको सभाहलमा औपचारिक कार्यक्रम गरी एस.आर.होम.सेकुरेटी सिस्टम नामक नयाँ प्रविधिको उपकरण प्रदर्शन गरेका हुन् । 
                    कलेजलाई अनुरोध गर्दा स्विकार नगरेपछि कार्याक्रमको आयोजना उनीहरु दुईजना आफैले गरेको बताउँछन् । १८ दिनको समयमै निर्माण गरिएको उक्त उपकरणले कोठाभित्र हुने विभिन्न खालका घटनाहरुको सुचना प्रवाह गर्दछ । यस सेकुरेटी सिस्टम नामक उपकरणमा ट्रान्सफर्मर, मोबाइल सेट, जि.एस.एम सिम कार्ड र तारहरु इत्यादीबाट बनाइएको छ । आविष्कार विद्यार्थीहरुका अनुसार उक्त उपकरणका आवश्यक सामग्रीहरु रुपैडिया , बहराइज , लखनउ जस्ता भारतका विभिन्न ठाउँहरुबाट ल्याएर छोटो समयमै आविष्कार गरिएको हो । २५ सय रुपैयाँको लागतमा निर्माण गरिएको उक्त उपकरण हेर्दा नयाँ सिद्धान्तको विकास भएको  देखिन्छ । दिउँसो १२ वजे उद्घाटन भएको उक्त औपचारिक कार्याक्रममा शिक्षक, विद्यार्थी र पत्रकार लगायत दुइसय जना जतिले अबलोकन गरेका थिए । तर सोही विद्यालयका शिक्षकहरुले  भने वास्तै नगरि कर्याक्रम शुरु हुनु अगाडी नै कलेबाट बाहिरिएका थिए । 
               यसरी कलेजले प्रोत्साह गर्नुको साटो वास्तै नगर्दा भावि विद्यार्थीहरुको भविष्य उज्वल देखिदैन । आफूले अहिले सम्म रोवोट लगायत अटोमेटिक स्विच जस्ता पाँच ओटा इलेक्ट्रोनिक उपकरणको आविष्कार गरेका छन् । हुने विरुवको चिल्लोपात भने झै यो शिक्षालयमा अध्ययरत मिलनसार र लगनशिल छात्रका रुपमा चिनिने सुमन पौडेल र राजेश भटराईलाई क्याम्पस वास्तै नगरे पनि सिप र क्षमता प्रदर्शनमा कुनै रोक आएन । यसरी विद्यार्थीले प्रगति गर्दा पनि उक्त कलेजले कुनै पनि सहयोग गरेको देखिदैन् । उनीहरुले सबै सामग्री आफैले खरिद गरेर विभिन्न उपकरणहरु आविष्कार गरे्को बताउँछन् ।

No comments:

Post a Comment