Friday, August 31, 2012

प्रवेश परिक्षाको नतिजा नआउँदै विद्यार्थी भर्ना


प्राविधिक कलेजमा लाखौ रकम अनिमियतता



नेपालगंज १४ भदौ
अधिराज्यका सम्पूर्ण  प्राविधिक शिक्षालयहरुमा आजभोलि धेरै अनिमियतता भएको देखिन्छ । यो रोगले नेपालगंजका प्राविधिक शिक्षालयहरुमा पनि भित्रै सम्म छोएको छ । प्रवेश परिक्षा देखि वार्षिक परिक्षा सम्म विद्यार्थीको ढाड सेक्ने काम भैरहेको छ । नेपालगंजमा संचालित केही कलेजहरुले रजिष्ट्रेशन फारम शुल्कमा प्रति विद्यार्थी दुइहजारका दरले बढी लिएको नेपालगंज टेक्निकल कलेजमा अध्ययनरत कृष्ण वलीले बताउनु भयो । शैक्षिक सत्र २०६६÷०६७ को रजिष्ट्रेशन शुल्कको नाममा  प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद सि.टि.इ.भिं.टी को निर्देशिका विपरित कलेजहरुले रकम असुलेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषदको निर्देशिका २०६९ को १७ औ बुँदाको दफा १७.२.२ मा उल्लेख भए अनुसार रजिष्ट्रेशन शुल्क दुईहजार रुपैयाँ  प्रति विद्यार्थी ( भर्ना हुँदाको बखत एकपल्ट मात्र ) लाग्नेछ । यस अन्तर्गत रजिष्ट्रेशन शुल्क तिनसय रुपैयाँ, फाराम दस्तुर पाँच रुपैयाँ र सम्बन्धन , निरिक्षक, मूल्याङ्कन र पाठ्याक्रम दस्तुर रु. १६ सय ९५ रुपैयाँ । समेत समाबेश गरिएको स्पष्ट छ । यस अनुसार प्रत्येक कलेजहरुले प्रति विद्यार्थीबाट दुइहजार रुपैयाँका दरले बढी लिइएको छ । यसको लेखाजोखा गर्दा करिब ६ सय जना विद्यार्थीहरुबाट १२ लाख रुपैयाँ घोटाला भएको देखिन्छ भने विद्यार्थीलाई थाहै नहुने शिर्षकहरुमा झन कति रकम हिनामिन भएको होला ?  नेपालगंज टेक्निकल कलेज , अलाइड कलेज अफ हेल्थ साइन्स र नेशनल इन्जिनियरिङ्ग कलेहरुले मात्र दुइसय ७५ जना विद्यार्थीहरुबाट पाँच लाख ३४ हजार रुपैयाँ बढी लिएका छन् । यसरी देखादेख अनिमियतता भएपनि यस विषयमा कुनै राजनीतिक दलहरु र अन्य सरोकारवाला निकायहरुले चाँसो नदिएको हुँदा प्राविधिक स्वतन्त्र विद्यार्थी यूनियनका केन्द्रिय अध्यक्ष ललित नेपालले आफ्नो संगठनले घोर आपत्ति जनाएको बताउनुहुन्छ । नेपालका अनुसार प्राविधिक शिक्षा, नाम मात्रको छ झन त नेपालगंजका कुनै पनि कलेजहरुमा प्रयाप्त प्रयोगात्मक सामाग्रीहरु नै छैनन् । यस्तै गतिविधिले गर्दा प्राविधिक शिक्षाको नाममा विद्यार्थीहरुलाई नङग्याउने गरिएको छ । सम्बिन्धित  निकायाहरुले समयमै गम्भिर रुपमा सोचेर प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने नबुझेमा हामी सबैका बालबालिकाको भविष्य अन्यौल हुनेछ ।