Monday, September 3, 2012


एस.आर.होम.सेकुरेटी सिस्टम आविष्कार

नेपालगंज १८ भदौ
             
               भेरी प्राविधिक शिक्षालय नेपालगंज डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ्ग दोस्रो वर्षमा अध्यनरत विद्यार्थी १८ वर्षिय सुमन पौडेलले र पहिलो बर्षमा अध्यनरत १७ वर्षिय राजेश भटराईले  एउटा अनौठो उपकरणको आविष्कार गरेका छन् । आइतबार भेरी प्राविधिक शिक्षालयको सभाहलमा औपचारिक कार्यक्रम गरी एस.आर.होम.सेकुरेटी सिस्टम नामक नयाँ प्रविधिको उपकरण प्रदर्शन गरेका हुन् । 
                    कलेजलाई अनुरोध गर्दा स्विकार नगरेपछि कार्याक्रमको आयोजना उनीहरु दुईजना आफैले गरेको बताउँछन् । १८ दिनको समयमै निर्माण गरिएको उक्त उपकरणले कोठाभित्र हुने विभिन्न खालका घटनाहरुको सुचना प्रवाह गर्दछ । यस सेकुरेटी सिस्टम नामक उपकरणमा ट्रान्सफर्मर, मोबाइल सेट, जि.एस.एम सिम कार्ड र तारहरु इत्यादीबाट बनाइएको छ । आविष्कार विद्यार्थीहरुका अनुसार उक्त उपकरणका आवश्यक सामग्रीहरु रुपैडिया , बहराइज , लखनउ जस्ता भारतका विभिन्न ठाउँहरुबाट ल्याएर छोटो समयमै आविष्कार गरिएको हो । २५ सय रुपैयाँको लागतमा निर्माण गरिएको उक्त उपकरण हेर्दा नयाँ सिद्धान्तको विकास भएको  देखिन्छ । दिउँसो १२ वजे उद्घाटन भएको उक्त औपचारिक कार्याक्रममा शिक्षक, विद्यार्थी र पत्रकार लगायत दुइसय जना जतिले अबलोकन गरेका थिए । तर सोही विद्यालयका शिक्षकहरुले  भने वास्तै नगरि कर्याक्रम शुरु हुनु अगाडी नै कलेबाट बाहिरिएका थिए । 
               यसरी कलेजले प्रोत्साह गर्नुको साटो वास्तै नगर्दा भावि विद्यार्थीहरुको भविष्य उज्वल देखिदैन । आफूले अहिले सम्म रोवोट लगायत अटोमेटिक स्विच जस्ता पाँच ओटा इलेक्ट्रोनिक उपकरणको आविष्कार गरेका छन् । हुने विरुवको चिल्लोपात भने झै यो शिक्षालयमा अध्ययरत मिलनसार र लगनशिल छात्रका रुपमा चिनिने सुमन पौडेल र राजेश भटराईलाई क्याम्पस वास्तै नगरे पनि सिप र क्षमता प्रदर्शनमा कुनै रोक आएन । यसरी विद्यार्थीले प्रगति गर्दा पनि उक्त कलेजले कुनै पनि सहयोग गरेको देखिदैन् । उनीहरुले सबै सामग्री आफैले खरिद गरेर विभिन्न उपकरणहरु आविष्कार गरे्को बताउँछन् ।

Saturday, September 1, 2012

सुचना दिनेलाई धम्कि



नेपालगंज १६ भदौ
प्राविधिक कलेजहरुले अनियमितता गरेको सुचना दिने कृष्ण ओलीलाई नेपालगंज टेक्निकल कलेजले आफ्नो सुचना बाहिर ल्याएको भन्दै धम्कि दिएको छ । शुक्रबार प्रकाशित र प्रसारित रजिष्ट्रेशन फारममा अनियमितता भएको सुचना दिने  नेपालगंज टेक्निकल कलेजमा अध्ययनरत छात्र ओलीलाई सोही कलेजले घुमाउरो पारामा ज्यान मार्ने धम्कि दिएको हो । ओलीका अनुसार त्यहीका एक कर्मचारीले सगरमाथा टेलिभिजनको रिपोर्टर दिपा आलेलाई जस्तै होला भनेर धम्कि दिएका छन् । मध्यपश्चिम सन्देश  पत्रिकाको कार्यालयमा पनि गलत समाचार प्रकाशित गरेको भन्दै अदालतमा मुद्दा दयर गर्ने सोही कलेजले टेलिफोन मार्फत चेतावनी दिएको छ । तर विद्यार्थीहरुसँग सपुत प्रमाण चार हजार पाँच रुपैयाँ तिरेको विल भएकोले जो चोर उसकै ठूलो स्वर भन्ने उखानलाई पछ्याएको देखिन्छ । शैक्षिक सत्र २०६६÷०६७ को रजिष्ट्रेशन शुल्कमा दुइ हजार रुपैयाँ बढी लिएको भनी विद्यार्थीहरुले पटक पटक कलेज प्रशासनसँग छलफल गर्दा पनि बेवास्ता गरेको र सो रकम सि.टि.इ.भि.टीमा पठाउने कलेजले दावी गरेको छात्र विवेक पन्तले जानकारी दिनु भयो । तर उक्त विषयमा सि.टि.इ.भि.टीमा सम्पर्क गर्दा निर्देशिकामा उल्लेख भए  अनुसारको रकम मात्र लिने बताइएको पन्तले जानकारी दिनु भयो । रष्ट्रिेशन शुल्कसँगै संस्थागत विकासका लागि भनेर सि.टि.भि.टीले प्रति विद्यार्थी दुइ हजार रुपैयाका दरले संस्थाबाट लिने गर्दछ तर नेपालगंजका प्राविधिक कलेजहरुले आफूले तिर्नु पर्ने रकम विद्यार्थीहरुबाट अशुल गर्दै आएको प्राविधिक स्वतन्त्र विद्यार्थी यूनियनका अध्यक्ष ललित नेपालले बताउनु भयो । यस विषयमा नेपालगंज टेक्निकल कलेजका प्रिन्सिपल योगेन्द्र महतलाई सोध्दा आफू भर्खरै आएको हुँदा अनभिज्ञ रहेकोले गलत कार्यको विरुद्धमा समाचार लेख्दा कुनै आपत्ति नभएको बताउनु भयो । प्रिन्सिपलका अनुसार सि.टि.भि.टीको माथिल्लो तहमा नै अनियमिता हुने भएकोले त्यसको असर यहाँका कलेजहरुमा पनि पर्नु स्वभाविक रहेको स्विकार्नु भयो । कलेजका अन्य कर्मचारीहरु र संचालकहरु भने त्यो झुटो आरोप भएको भन्दै आफ्नो बचाउको लागि पानी माथिको ओभानो बन्न खोजेका छन् । 
Add caption