सुचना

प्राविधिक स्वतन्त्र विद्यार्थी यूनियन केन्द्रिय कमिटी
च.न.
प.स.                                                                                                                     मितिः–२०६९÷३÷२९

                                               विषयः– जानकारी सम्बन्धमा
           उपोरक्त सम्बन्धमा यस प्रा.स्ववीयू को पहलमा साप्ताहिक रेडियो कार्यक्रम पश्चिम सरोकार मिति २०६९÷३÷१६ गते प्राविधिक शिक्षाका बारेमा भएको थियो सो कार्यक्रम पश्चात प्राविधिक शिक्षालयमा भएका सुधारका कार्य तथा प्रागतिहरु निम्न लिखित छन् ।
१. कलेज व्यवस्थापन समिति र विद्यार्थीहरु बिच समुधुर सम्बन्ध कायम भएको
२. शिक्षालयले नियमित कक्षा सञ्चालन गरेको ।
३. प्रयोगात्मक कक्षामा हुने लपारवाही बन्द गरी शिक्षालयले प्रयोगात्मक शिक्षामा       सक्दो जोड दिएको ।
४. प्रा. स्ववीयू मार्फत नयाँ आवेदन फारम भरी प्राविधिक शिक्षा दिने चाहने विद्यार्थीलाई यस प्राविधिक शिक्षाका बारेमा आवश्यक जानकारी प्रदान गरिएको
५. श्रावण ५ र ६ गते हुने प्रवेश परिक्षालाई व्यवस्थित गर्न यस संगठनले सिटीभिटी           क्षेत्रिया कार्यालय संग छलफल शुरु गरेको ।
६. प्रवेश परिक्षामा हुने अनियामितता लपारवाहीलाई व्यवस्थित गर्न प्रा.स्ववीयूले विशेष अनूगमन टोली बनाएको ।
७. विद्यार्थीका हरेक सकारात्मक क्रियाकलाप प्रति सिटीभिटी पश्चिम क्षेत्रिय कार्यालय प्रमूखले सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता गरेको ।
८. अब हुने शिक्षालय अनूगमनमा सिटीभिटीले विशेष पढाइ गरि मापदण्ड नपुगेका कलेजहरुलाई कार्यवाही गर्न बताएको ।
९. मध्य तथा सुदुरपश्चिमका शिक्षालयमा भएका समस्याहरुलाई क्षेत्रिया कार्यालयले केन्द्र सम्म सहज ढंगले पु¥याउने प्रतिबद्धता गरेको ।
१०.प्रा.स्ववीयू केन्द्रिय कार्य समिति प्रत्येक सिटीभिी अन्तर्गतका प्राविधिक शिक्षालयहरुको अर्ध वार्षिक रुपमा विशेष अनुगमन गर्ने निर्णय गरेको ।
११. प्रवेश परिक्षा देखा परेका समस्याहरुलाई समाधान गर्न र सम्पूर्ण विद्यार्थीैहरुलाई सचेत गर्ने उद्देश्य
ले प्रेस विज्ञाप्ती जारी गर्ने ।


( विवेक पन्त )                                                                                                  ( ललित नेपाल )
 महा–सचिव                                                                                                            अध्यक्ष
                            ई–मेल ः–student.tisu@gmail.com





                                                                   सुचना

मोहदय,
    उपरोक्त सम्बन्धमा यस शैक्षिक सत्र २०६९।०७० का लागि प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद (सि.टी.ई.भि.टी.) ले देशै भरि नयाँ भर्ना खोलेको छ । जस अन्तर्गत स्वास्थ्य तर्फ, इन्जिनियरिङ्ग तर्फ वन, कृषि तथा फुड टेक्नोलोजि तर्फ र १५ महिने ट्रेडमा पनि नयाँ भर्ना खुलेको छ । यस सन्दर्भमा प्राविधिक शिक्षा हासिल गर्न आउने नयाँ विद्यार्थीहरुलाई भर्नाको बारेमा धेरैलाई जानकारी नहुने हुँदा शिक्षालयहरुले विगतका वर्षहरुमा घुसखोरी र मनपरी गरेर विद्यार्थीहरुबाट ( सि.टी.ई.भि.टी.) ले तोकेको आवश्यक आबेदन शुल्क र भर्ना शुल्क भन्दा बढी रकम असुल गरेको कुराहरु विभिन्न संचार माध्यामहरु पत्रपत्रिकामा सुन्न आएकै हो । त्यसैले यस्ता समस्याहरुबाट सचेत भएर, शिक्षालयको भौतिक सुख सुविधा, शिक्षा गुणस्तरियता, शिक्षालयको शैक्षिक वातावरणका बारेमा सम्बन्धित कलेजका पुराना विद्यार्थीहरुलाई सोधपुछ गरेर मात्र आबदेन फारम भर्नहुन अनुरोध गरिन्छ । साथै फारमसँग निशुल्क पाइने निर्देशिका विस्तृत अध्यायन गरेर मात्र आबेदन भर्नहुन सम्पूर्ण इच्छुक ब्यक्तिहरुलाई प्राविधिक स्वतन्त्र विद्यार्थी यूनियन ( कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएको ) अपिलका साथै जानकारी गराउदछौं ।
थप जानकारीका लागि सम्पर्क ब्यक्तिहरु ः–
ललित नेपाल –९८४८२२१५१६,९८१९५०९९९०
निरक शाही  – ९८४८२२३४१६
विवेक पन्त   – ९८४८७८३४०९    

महा–सचिव ( विवेक पन्त )                                                                                   अध्यक्ष ( ललित नेपाल )

                                                         ई–मेल ः– student.tisu@gmail.com

















No comments:

Post a Comment