Friday, August 31, 2012

प्रवेश परिक्षाको नतिजा नआउँदै विद्यार्थी भर्ना






जाजरकोट ११ भदौ   
नेपालगंजका केही प्राविधिक कलेजहरुले प्रवेश परिक्षाको नतिजा प्रकासित नहुँदै विद्यार्थीहरु भर्ना गरेका छन् ।
मध्यपश्चिम प्राविधिक शिक्षालय , नेपालगंज टेक्निकल कलेज लगायतका कलेजहरुले प्रवेश परिक्षाको नतिजा प्रकासित नहुँदै विद्यार्थी भर्ना गरेका हुन् । प्रवेश परिक्षा नदिएका विद्यार्थीहरु एडमिसन हुने गरेको नाम नबताउने शर्तमा एकजना प्रवेश परिक्षार्थीले नेपाल वान सँग बताएका छन् । उनका अनुसार पैसाको कुम्लो बोकेर आउँने विद्यार्थी मात्र यहाँका प्राविधिक कलेजहरुमा पढ्न पाउने हुँदा स्वच्छ प्रतिस्पर्दा गर्छौ भनेर गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई भ्रममा पारेको देखिन्छ । त्यसो त विद्यार्थीहरुलाई यसरी धमाधम भर्ना गर्ने हो भने प्रवेश परिक्षा लिनुको कुनै औचित्य नरहने प्राविधिक स्वतन्त्र विद्यार्थी यूनियनका अध्यक्ष ललित नेपालको भनाइरहेको छ । प्रवेश परिक्षाबाट कोठा बराबर विद्यार्थी पास नहुने भएकोले सिटइभिटीले कोठा पूर्ति गर्नका लागि कलेजहरुलाई रिइन्टान्सको जिम्मा दिने भएकोले यस्तो अबैध कार्य हुने गरेको अध्यक्ष नेपालले बताउनु भयो । उता नेपालगंज टेक्निकल कलेजका संचालक किशोर पाण्डे भने आफ्नो कलेजमा त्यस्तो अवैध कार्य नहुँनु पर्ने बताउँदै आफूले कलेजभित्रको कुरा बुझेपछि मात्र यसको विषयमा मिडियाले बाहिर ल्याइदिन आग्रह गर्नुहुन्छ । मर्यादा विपरित विद्यार्थी भर्ना गर्ने कलेजहरुलाई अब कस्तो खालको कार्वाही हुन्छ भन्नु हुन्छ सोही कलेजमा अध्ययनरत कृष्ण वली ।

No comments:

Post a Comment